मनोरञ्जन

चक्र बमसँगै नाच्यो डडेल्धुरा, फोटो

फागुन २४, २०७५

    डडेल्धुरा : पछिल्लो समयका चर्चित गायक एवं मोडेल चक्र बम शुक्रबार ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ डडेल्धुरामा आउने खबर पाएसँगै दर्शकको घुइँचो लागेको थियो। शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको बिदाको दिन भएकाले पनि अरू दिनको तुलनामा दर्शकको बाक्लो उपस्थिती रहेको देखिन्थ्यो।

    गायक बमको सांगीतिक प्रस्तुतिको पर्खाइमा थिए, डडेल्धुरेली दर्शक। जब गायक बम स्टेज चढे। दर्शक/श्रोताले ताली बजाइ हाले। स्टेजमा चढ्नेबित्तिक्कै चक्रले सुरुमा आफ्नो चर्चित गीत सुनाइहाले ‘दारू सड्काउन्या...’

    केही समयअघि बजारमा आएको यो गीतले चक्रलाई सफलताको शिखरमा पुर्‍याएको छ। ‘दारु सड्काउन्या हुँ’, ‘अबदेखि दारु चुरोट छुन्न विद्यानास’ लगायतका आधा दर्जनभन्दा बढी गीत गाए। दर्शक दीर्घाबाटै हात हल्लाउँदै उनका गीत सुन्नुका साथै छमछमी नचाएका थिए दर्शकहरू।

    ‘दारु सड्काउन्या हुँ’ ले केही विकृति ल्याएको अरोप आएपछि आफूले पछिल्लो पटक ‘विद्या कसम दारु खान्नँ’ बोलको गीत बजारमा ल्याएको पनि दर्शकलाई सुनाए। उनको ‘अबदेखि दारु चुरोट छुन्न विद्यानास’ गीत पनि दर्शकहरुले मन पराएका छन्।

    डडेल्धुराको टुडिँखेलमा फागुन १७ गतेदेखि सञ्चालन भएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७५’ फागुन २६ गतेसम्म संचालन हुनेछ।

    ‘जलविद्युत, कृषि, पर्यटन, जडिबुटी र जलाधार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र विभिन्न उत्पादित वस्तु एवं सेवाका स्टल समेत राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डडेल्धुरा शाखाका अध्यक्ष लोकेन्द्र ओझाले जानकारी दिए।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]