|

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिले न्याय क्षेत्रमा काम गर्न धेरै सहज रहेको बताएका छन्।

शनिवार ललितपुरको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ–नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा उनले न्यायालय र न्याय क्षेत्रमा अहिले धेरै सुविधा भएको बताइन्। 

उनले न्याय क्षेत्रमा वकालत गर्न लाग्दा बाँसको कलमले लेख्ने र सबै सार्नुपर्ने अवस्था रहेको र त्यो बेलामा पनि शारदा श्रेष्ठसहितका न्यायाधीशहरुले महिलाहरुको हक हितका लागि काम गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.