काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरुअन्तर्गतका विद्युतीय वितरण शुक्रवारस...
भद्रपुर (झापा) : भद्रपुर नगरपालिका–१ मा बाटो खन्न प्रयोग गरिएको जेसिबीको अगाडिको मेसिनले च्यापिँदा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० धाइजनका २१ वर्षीय विक्रम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार भद्रपुर–१ भैसावाडीमा बा १ क ५३७६ नम्बरको जेसिबी बाटो खन्न प्रयोग गरिएको थियो। शनिबार साँझ चालकले जेसिबी प्रयोग गरी तेलको ड्रम उठाउने क्रममा सोही जेसिबीका सहचालक राजवंशीको टाउको मेसिनको अगाडि भागले थिचिँदा घटनास्थलमै मृत्यु भएको थियो।
जेसिबी चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।