

धादिङ-२(ख)/प्रदेशसभा सदस्य

दल | नेकपा माओवादी केन्द्र | |
---|---|---|
पद | प्रदेशसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ४४ | - |
प्राप्त मत | १७६०५ | |
लिङ्ग | पुरुष | |
हालको पद | पोलिटव्यूरो सदस्य, महासचिव (अखिल नेपाल ट्रेड युनियन महासंघ) | |
शैक्षिक योग्यता: | आई.ए. |
२०३० सालमा साविकको आगिञ्चोक गाविस वडा नम्बर १ मा जन्मिएका सिंखडा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव हुन्। २०४६ साल कात्तिकमा भीमोदय माध्यमिक विद्यालय गोलाङले पञ्चायतविरोधी गतिविधिमा संलग्न भएको भन्दै निष्कासन गरेपछि सिंखडाको औपचारिक राजनीतिक यात्रा सुरु भयो। उनले आइएसम्मको अध्ययन गरेका छन्।
२०५३ सालमा माओवादी जनयुद्ध सुरु भएपछि उनी भूमीगत बनेर सक्रिय राजनीतिमा होमिए। त्यसक्रममा माओवादी जनमुक्ति सेनाको धादिङ जिल्ला प्लाटुन कमिसार बनेर फौजी नेतृत्व सम्हाले। २०६१ सालमा पार्टीले उनलाई कास्की पठायो। पोखरा गएर उनी अखिल नेपाल ट्रेड युनियन महासंघको गण्डक क्षेत्रीय व्यूरो संयोजक बने। माओवादी शान्ति प्रक्रियामा आएपछि सिंखडा अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष बने। हाल उनी अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव छन्।
नजिकै
-
शेखर कोइराला किन प्रचण्ड भेट्न पुगे खुमल्टार?, दुई घण्टा छलफल
ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु
कैद भुक्तान गरेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्रमा कारण नलेखौँ : सांसद प्रधान
श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० पुग्यो
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
तपाईको प्रतिक्रिया दिनुहोस्