|

एजेन्सी : कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १ सय ४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खुला गरिएको छ।  

विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको टावर अझै केही समय पर्यटकका भने लागि खुला नगरिने जनाइएको छ।बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरुसहित करिब ५० जनाले सिँढीबाट आइफेल टावरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ।

सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने जनाइएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.