|

हेटौंडा : मकवानपुर जिल्लामा केही ठाउँमा पनि ठूलो संख्यामा सलह कीरा पसेको छ।  भित्री मधेसको रुपमा रहेका मकवानपुरका स्थानीय तहहरुमा मकै पाक्न लागेको सिजनमा सलह पसेका छन्। शनिबार दिउँसो मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकामा सलह कीरा छिरेपछि किसानहरु चिन्तामा छन्। 

'बाराबाट आइपुग्यो मकवानपुर'

बारा जिल्लाबाट मकवानपुरको बकैया गाउँपालिकामा सलह छिरेको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिइन्। ‘सीमा आसपास क्षेत्र बकैया गाउँपालिका–१ रदुवा, मोरङगे र धियाँललगायत क्षेत्रबाट प्रवेश गरेको सलह किरा त्यहाँबाट उडेर वडा नम्बर ७ र ४ तर्फ गएको छ,’ उनले भनिन्।

ठूलो संख्यामा प्रवेश गरेको सलह मकैबारी भन्दा जंगलमा धेरै बसेको छ। आफूसहित गाउँपालिका अध्यक्ष दामोदर खनाल र गाउँपालिकाका पदाधिकारीहरु सलह प्रवेश क्षेत्रतर्फ अनुगमनमा जाँदा मकैमा ठूलो क्षति नभभएको पाएको उनले बताइन्। 

त्यस्तै मकवानपुरगढी गाउँपालिकामा पनि सलह प्रवेश भएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताए। मकवानपुर गढी गाउँपालिका ३ बाट प्रवेश गरेको सो कीरा हाल वडा नम्बर ७ सुकैरातर्फ गएको उनले जानकारी दिए। 

विज्ञहरुको अनुसार सलहले जति पटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ। हाल देखिएको सलह ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ। किट विज्ञका अनुसार सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने गर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.