|

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ हरैयामा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको घटनास्थलमै मृत्यु भएको छ।

महेन्द्रनगरबाट जनकपुर आउदै गरेको ज. ३ प. ७०४२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। उक्त मोटरसाइकल चलाउने जनकपुरधाम उपमहानगरपालिका २० का अन्दाजी २८ वर्षीय नविन शर्मा र पछाडी बसेकी उनकी आमा ५० वर्षीया  धर्मादेवी शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको देखिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायक बताए । उनका अनुसार मृतक आमा–छोराको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.