|

डडेल्धुरा : सुदूरपश्चिममा शुक्रबार एकै दिन ४८९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा यहाँका थप ४८९ जनामा कोरोना पुष्टि भएको हो। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १४७ जना, शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा २०७ र धनगढीको प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट प्रदेशका थप ३९ जनामा कोरोना पुष्टि भएको हो । 

पाटन अस्पतालको प्रयोगशालामा अछामका ६ महिला र ६० पुरुष गरी ६६ जना, बैतडीका चार महिला र २८ पुरुष गरी ३२ जना, बाजुराका १२ महिला र ३५ पुरुष गरी ४७ जना, डोटीका ८ महिला र १६ पुरुष गरी २४ जना, कैलालीका एक महिला र ८ पुरुष गरी नौँ जना, कञ्चनपुरका ९ महिला र २० पुरुष गरी २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

शिक्षण अस्पतालको प्रयोगशालामा अछामका नौं महिला र ३७ पुरुष गरी ४६ जना, डडेल्धुराका ६ महिला र २२ पुरुष गरी २८ जना, बाजुराका एक महिला र पाँच पुरुष गरी ६ जना, कैलालीका एक महिला र ११ पुरुष गरी १२ जना र कञ्चनपुरका चार पुरुषमा कोरोना पुष्टि भएको उनले बताएका छन्‌।

डाक्टर गौतममका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछामका २० महिला र ९० पुरुष गरी एक सय १० जना, बैतडीका चार पुरुष, बझाङका तीन महिला र १० पुरुष गरी १३ जना, डोटीका तीन महिला र ८ पुरुष गरी ११ जना, कैलालीका दुई महिला र पाँच पुरुष गरी सात जना र कञ्चनपुरका दुई महिलामा कोरोना पुष्टि भएको छ।

शुक्रबार धनगढीमा भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका दुई जना, डोटीको आदर्श गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौली नगरपालिकाका तीनजना, मङ्गलसेन अछामका दुई जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बीस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआईसिंह गाउँपालिका र कैलालीको टीकापुरका एक/एक जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ५३५ पुगेको छ।

देशका सात वटा प्रदेशमध्ये संक्रमित संख्याका हिसाबले सुदूरपश्चिम यतिखेर तेस्रो स्थानमा छ। सुदूरपश्चिम प्रदेशभन्दा बढी प्रदेश नम्बर ५ र प्रदेश नम्बर २ मा संक्रमित रहेका छन्।

सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएका सात जनाको मृत्यु भएको छ भने ६८० जना डिस्चार्ज भएका छन्। प्रदेशमा बिहीबार ३४६ जना कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.