|

हेटौंडा : सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा गएको बाढीमा परी मृत्युु हुनेका परिवारलाई  बागमती प्रदेश सरकारले तत्काल १ लाख उपलब्ध गराउने भएको छ।

बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरूण नेपालद्वारा जारी विज्ञप्तिमा मृतक परिवारलाई  प्रदेश सरकारबाट तत्काल प्रति मृतक १ लाख राहत उपलब्ध गराउने जनाइएको हो।

विज्ञप्तीमा थप जोखिम हुन नदिन भू–संरक्षणको काम तत्काल अघि बढाइने, अरनिको राजमार्गको बाह्रबिसे तातोपानी खण्ड सुचारु गर्न तत्काल सडक मर्मतको काम अघि बढाइने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.