|

काठमाडौं : कोरोनाकै कारण सिन्धुपाल्चोकका थप एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिकाका एक पुरुषको मृत्यु भएको हो।

शुक्रबार मिर्गौलासम्बन्धी रोगको उपचारका क्रममा पाटन अस्पतालमा उनको मृत्यु भएको पाटन स्वास्थ्‍य विज्ञान प्रतिष्ठानका निर्देशक डा विष्णुप्रसाद शर्माले पुष्टि गरे।

मृतक पुरुषको मृत्युबारे जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले भने, 'उपचारका लागि काठमाडौँको पाटन अस्पताल जानुभएको थियो। उहाँको स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ देखाएपछि त्यही राखिएको थियो' उनले भने, 'हिजो राति मृत्यु भएको जानकारी आयो।'

सिन्धुपाल्चोकमा शनिबार थप ५ जनामा कोरोना देखिएको डिएसपी काफ्लेले बताए। 'आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ' उनले भने। सिन्धुपाल्चोकमा यसअघि बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्कोरी महिलाको कोभिडकै कारण नेपालमै पहिलो मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.