|

काठमाडौं : बलिउड अभिनेता  अमिताभ बच्चन र अभिषेक बच्चनलाई  कोरोना पोजेटिभ देखिएको छ। उनले समाजिक सञ्जाल ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन्।

अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए।

उनले आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएपश्चात आफू नानावती अस्पतालको आइसोलेशनमा बसेको जानकारी गराएका थिए। उनले परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परिक्षण भएको र नतिजा पखिएर बसेको जानकारी गराएका थिए।

त्यसको एक घण्टामा नै अभिषेकले आफू पनि कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन्।  कोरोना पोजेटिभ भईसकेपछि सम्बन्धित सबै प्रशासनलाई खबर गरिएको र परिवारका अन्य सदस्य तथा कर्मचारीको परिक्षण गराइएको बताएका छन्। उनले सबैलाई नआत्तिन आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.