|

काठमाडौं : हालसम्म ज्यान गुमाएकामध्ये ७५ प्रतिशत मानिसको मृत्यु कोरोनाबाट अतिप्रभावित १० देशमा भएको छ।

अमेरिका, ब्राजिल, बेलायत, इटली, मेक्सिको, फ्रान्स, स्पेन, भारत, इरान र पेरूमा गरी अहिलेसम्म ४ लाख २५ हजार ६४१ जना संक्रमितले ज्यान गुमाएका छन्‌। विश्वभर हालसम्म ५ लाख ६४ हजार ४२० जना संक्रमितको मृत्यु भएको छ। 

अहिलेसम्म विश्वभर ज्यान गुमाएका संक्रमितमध्ये १० देशमा मात्रै ७५ दशमलव ४१ प्रतिशत हुन्‌। हालसम्म १ करोड २६ लाख ८१ हजार ४७२ जना संक्रमित फेला परेका छन्‌।​

कोरोना महामारीबाट अतिप्रभावित १० देशको अवस्था :
देश कूल संक्रमित संख्या मृत्यु
अमेरिका ३२,४५,२५८ १,३४,७६४
ब्राजिल १८,३९,८५० ७१,४६९
बेलायत २,९०,५०२ ४४,८८३
इटली २,४२,८२७ ३४,९४५
मेक्सिको  २,९५,२६८ ३४,७३०
फ्रान्स २,०८,०१५ ३०,००७
स्पेन २,५३,९०८ २८,४०३
भारत ८,२०,९१६ २२,१२३
इरान २,५५,११७ १२,६३५
पेरू ३,२२,७१० ११,६८२

स्रोत : जोन होप्किन्स विश्वविद्यालय

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.