काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न नेकपा एमालेबाट प्रस्ताव आएको खुलासा गरेका छन्। बुधबार बिहान केन्द्रीय कमिटी बैठकबाट बाहिरिने क्रममा देउवाले पत्रकारसँग आफूलाई प्रधानमन्त्री बन्न एमालेले प्रस्ताव गरेको बताएका हुन्।
'प्रधानमन्त्री बन्न एमालेबाट मलाई प्रस्ताव आएको थियो तर तर निकै ढिला भयो', देउवाले भने। संसद भवन बानेश्वरमा बिहान कांग्रेस केन्द्रीय कमिटी बैठक भएको थियो। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न आग्रह गरेको छ। प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।