|

स्वराकंन एल्बममा समावेश, गायीका अनिला राईको “बादल सँगै” गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ। गीतको भिडियो अहिलेका चर्चित गायक राजेश पायल राई, दिकप लिम्बु, संगीतकार शान्तिराम राई लगायतले सार्वजनिक गरेका थिए।

कार्यक्रममा केही ढिलो आएका राजेश पायल राईलाई संगीतकार शान्तिराम राईले ठट्यौली पारामा उनी जस्तो व्यस्त व्यक्ति कार्यक्रममा ढिलो आउनु स्वभाविक रहेको र स्वदेशमा भन्दा बढी समय विदेशमा बिताउने राजेशको नाममा ठट्टा गरेर केहीबेर कार्यक्रमलाई रमाइलो गराएका थिए। जवाफमा राजेशले आफू मात्रै नभएर नेपाली सांगीतीक क्षेत्रलाई नै देश-विदेशमा परिचित गराउने संवाहकको रुपमा काम गरेको हुनाले यसलाई कुनै ठट्टामा मात्रै नउडाउन भनेका थिए।

स्वर र शब्द अनिला राईको रहेको उक्त गीतको संगीत शान्तिराम राईले भरेका छन्। फोटो पत्रकार नबिनबाबु गरूङले निर्देशन गरेको उक्त भिडियो युट्व र विभिन्न टेलिभिजनबाट हेर्न पाइने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.