'दीर्घकालीन महत्व राख्ने निर्णय नगर्नू'

|

काठमाडौं : केपी ओली नेतृत्वको सरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वर्तमान सरकार काम चलाउ भएको दाबी गरेका छन्। बिहीबार संयुक्त विज्ञप्ति निकालेर उनीहरुले सरकारलाई दैनिक कामकाजका सामान्य काम बाहेक राष्ट्रिय महत्व राख्ने निर्णय नगर्न ध्यानाकर्षण गरेका छन्।

‘वर्तमान सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वर्तमान सरकारको ध्यानाकर्षण गराउँदछ’, माओवादी केन्द्रका मुख्य सचिव प्रल्हाद बुढाथोकी र कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

हेर्नुस् विज्ञप्तिः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.