|

काठमाडौं : शुक्रवार दिउँसो ३ बजे। काठमाडौंको माइतीघर मण्डलामा युवाहरु जम्मा हुन थाले। आईएम विथ केपी ओली लेखिएका प्लेकार्ड ब्यानर सहित आएका उनीहरुले 'हामी सबैको एउटै बोली, आईएम विथ केपी ओली', केपी ओली जिन्दावाद भनेर नारा लगाउन थाले। 

उनीहरुका हातमा बिभिन्न नारा लेखिएका प्लेकार्डहरु थिए। स्वतन्त्र नेपाली युवाको नाममा आयोजना गरिएको कार्यक्रममा 'फेर्नु छ चाँडो देशको मुहार, विदेशी दलालहरु होशियार', 'हाम्रो देश हाम्रो बोली', म कुनै भाडाको टट्टु हैन, 'म त केपी ओलीको समर्थन गर्न आएको नेपाली युवा', 'न कसैको अभावमा बाँच्छ न भारतको प्रभावमा बाँच्छ' लगायतका नारा लगाएर युवाहरुले प्रदर्शन गरे। 

यसै भीडमा थिए हाँस्य कलाकार राजा राजेन्द्र। उनले राष्ट्रवादी नेपाली युवाको तर्फबाट भन्दै नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरे। दुई देशका प्रधानमन्त्रीको क्यारिकेचरमा भारतले नेपालमाथि जहिले हस्तक्षेप गर्न खोजेको तर प्रधानमन्त्री ओलीले त्यसको खरो रुपमा प्रतिवाद गर्ने गरेको देखाएका थिए। 

कार्यक्रममा एमालेको युवा संगठन युवा संघका अध्यक्ष राजीव पहारी, अनेरास्ववियुका अध्यक्ष नविना लामा, युवा संघ र अनेरास्वियुका पदाधिकारीहरु पनि सहभागी थिए। त्यस्तै बिभिन्न क्याम्पसका विद्यार्थीहरु पनि सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.