|
Photo: vbetnews.com

इङ्गलिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीका मिडफिल्डर एन्गोलो कान्टे चेल्सीमा अनुबन्धित भएका छन्। पाँच वर्षका लागि ३ करोड पाउण्ड हाराहारीको रकममा चेल्सीले कान्टेलाई भित्र्याएको अनुमान गरिएपनि उनलाई कति रकममा चेल्सी भित्राइएको भन्ने खुलेको छैन्। 

२५ वर्षीय कान्टे गएको सिजनमा फ्रान्सेली लिग वान क्लब काएनबाट ६० लाख पाउण्डमा लेस्टरमा गएका थिए। उनले लिसेस्टर सिटीबाट ४० खेल खेलेका छन्। 

अनुबन्धपछि कान्टेले युरोपको ठूलो मध्येको एउटा क्लबसँग जोडिन पाउँदा आफू निकै खुशी भएको भन्दै सपना साकार भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.