|

बझाङ : जिल्लाका दुईवटा गाउँपालिकाका तीन हजार ४०० बालबालिकाहरूलाई ट्रयाकसुट र स्टेशनरीका सामग्री वितरण गरिएको छ। प्रगतिशील युवा समाज र वल्र्डभिजनको साझेदारीमा जयपृथ्वी नगरपालिका र केदारस्यु गाउँपालिकामा कार्यक्रम लागू भएका वडाहरूका विद्यालयमा अध्ययनरत २ देखि १० वर्षसम्मको उमेर समूहका बालबालिकालाई ट्रयाकसुट र स्टेशनरी वितरण गरिएको हो। 

बाल प्रायोजन कार्यक्रमअन्तर्गत आर्थिक अवस्था कमजोर भएका र जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले सो सामग्रीहरु वितरण गरिएको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए। 

विद्यालयमा अध्ययनरत बालबालिकाको प्रारम्भिक स्वास्थ्यलाई समेत दृष्टिगत गरी केदारस्युँ गाउँपालिकामा रहेका २२ विद्यालय र जयपृथ्वी नगरपालिकाभित्रका २७ वटा विद्यालयका स्रोत शिक्षकहरुलाई प्रारम्भिक स्वास्थ्यबारे तालिमसमेत दिएर विद्यालयहरुलाई बालबालिकाको तौल नाप्ने मेशिन, उचाइ नाप्ने फिता, आँखाको दृष्टि चेक गर्ने चार्ट, कानको सुन्ने शक्तिलगायत सामग्रीहरु उपलब्ध गराएको वल्र्डभिजन बालस्पोन्सरशिपका फिल्ड कोर्डिनेटर तिलक केसीले जानकारी दिए।

यसले गर्दा बच्चाहरुको कुपोषणको अवस्था सरसफाइको अवस्था थाहा पाएर  कुनै बालबालिकालाई जटिल समस्या भएको खण्डमा नजिकको स्वास्थ्य संस्थामा रिफर गर्ने र उपचारका लागिसमेत संस्थाले पहल गर्ने उद्देश्यसमेत रहेको उनले जानकारी दिए।

विगत केही वर्षदेखि  समाजले जिल्लाका दुईवटा स्थानीय तहमा शिक्षा, स्वास्थ्य, जीविकोपार्जनलगायत क्षेत्रमा स्थानीय तहहरूसँग समन्वय सहकार्य गर्दै काम गर्दै आएको छ। संस्थाले दुईवटै स्थानीय तहमा बर्थिङ सेन्टरमा चाहिने उपकरण, खानेपानीका धारा निर्माणलगायत कामहरु पनि गर्दै आएको छ।

रासस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.