|

सुर्खेत : सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले १५ शय्याको आइसोलेसन वार्ड तयारी गरेको छ। पाँचवटा अक्सिजन भ्यान्टिलेटरसहितको आइसोलेसन कक्ष तयारी गरेको छ।

कोभिड–१९ नियन्त्रण कार्यलाई थप व्यवस्थित गर्न २४ सै घण्टा पाँचवटा अक्सिजन मेसिन समेत फिट गरेको नगरपालिकाले जनाएको छ।  १५ शय्याको आइसोलेसन कक्ष प्रभाकर मावि देवस्थलमा निर्माण सम्पन्न भएको छ। थप सुविधासहितको आइसोलेसन कक्ष निर्माण प्रक्रियालाई समेत अघि बढाइने नगर प्रमुख गोविन्दकुमार पुनले जानकारी दिए।

सर्जिकल सामग्रीको अभाव तथा खरिद प्रक्रियाको जटिलता र आपूर्ति प्रक्रियामा देखिएको प्राविधिक अवरोधलाई व्यवस्थापन गर्दै लक्षणसहितका संक्रमितहरूलाई चेकजाँचमा तीव्रता दिने उद्देश्यले थप दुई हजार एन्टिजिन परीक्षण किट खरिदकाका लागि प्रक्रिया अघि बढाउने समेत तयारी रहेको पुनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.