|

कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ। 

लम्कीचुहा नगरपालिका–१ का ३८ वर्षीय पुरुष र लम्कीचुहा–१० की ३५ वर्षीया महिला  छन्। ती पुरुषको आइतबार राति १ बजे र महिलाको सोमबार बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

त्यस्तै‚ धनगढी उपमहानगरपालिका–२ का ४३ वर्षीय पुरुषको सोमबार बिहान ५ बजे मृत्यु भएको जोशीले जानकारी दिए। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.