|

जनकपुरधाम : महोत्तरीको एकै गाउँका ३१ जनामा कोरोना पोजिटिभ देखिएपछि जिल्लाभरि त्रास फैलिएको छ। गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका एकैगाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाभरि त्रास फैलिएको छ।​ मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोना पोजिटिभ देखिए हो।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएपछि उनको मलामीमा सहभागी भएका ३१ जनामा कोरोनाको संक्रमण देखिएको हो। मलामीमा गएका ६०-७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.