|

बागलुङ  : बागलुङ र पर्वतमा सोमबार बिहानै थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धौलागिरि अस्पतालको आरटी पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ र पर्वतका चार स्थानीय तहका २६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिकाका २० जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये केही कोरोनाको खोप लगाएका कर्मचारीसमेत छन्। जैमिनी नगरपालिकाका १ जना र काठेखोला गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए। कुश्मा नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ।

बागलुङमा संक्रमण पुष्टि हुनेहरुमा महिला स्वास्थ्य स्वयंसेविकासमेत छन्। सोमबारसम्म बागलुङमा सक्रिय संक्रमितको संख्या १ सय ३४ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.