|

काठमाडौं : सन्तोष तमाङ र पेड्रो मान्जीको समान १–१ गोलको मद्दतले विराटनगर सिटी चितवन फुटबल क्लबविरुद्ध जित निकालेको छ।

सोमबार दशरथ रंगशालामा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत खेलमा विराटनगरले चितवनलाई २–० गोलले पराजित गरेको हो। जितसँगै विराटनगरले ७ अंक बनाएको छ। समान ७ अंक बनाएको धनगढी फुटबल क्लबसँग हेड टू हेडमा अघि रहँदै विराटनगर शीर्षस्थानमा उक्लिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ७३ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए। खेलको ८९ औं मिनेटमा विराटनगरका तामाङले गोल गर्दै विराटनगरलाई दुई गोलको अग्रता दिलाए। हारसँगै चितवन तालिकाको पुछारमा कायम छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.