|

काठमाडौं :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन्। कोभिड सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएको थियो।

उनलाई साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।

भण्डारीले तनहुँका विभिन्‍न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएपछि  वैशाख १८ गते स्वाव परीक्षण गरेका थिए।

भण्डारीसहित श्रीमती र छोरालाई कोभिड संक्रमण देखिएको थियो। पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.