|

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार सात वटा अध्यादेश जारी गरेकी छिन्। नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी छिन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार जारी भएका अध्यादेश अनुसार यौन हिंसा विरुद्धका केहि ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केहि ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ छन्।

यस्तै संवैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन अध्यादेश २०७८, समाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सपरिवेक्षण र समन्वय) पहिलो संशोधन र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ जारी गरिएको छ।

संसदको अधिवेसन बोलाइएको बेला संसदमा नलगी अध्यादेश जारी गरिएको हो। यसअघि संसद पुनस्थापित भएपछि बसेका प्रतिनिधिसभाका बैठकहरु बिजनेस विहिन बनाइएको थियो। संसदको अधिवेशन बैशाख २७ गते बस्दै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.