|

पाल्पा : पाल्पामा बुधबार एकै दिन १ सय ४८ जनामा कोरोना पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै उच्च हो। 

कुल २३९ जनाको परीक्षण भएकोमा १ सय ४८ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। यसअघिको तुलनामा आज संक्रमितको संख्या वृद्धि भएको हो। उनका अनुसार पीसीआर र एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएको थियो। 

जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ९३ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढीमा ४, बगनासकालीमा १०, तिनाउमा ४, रम्भा १ रिब्दीकोटमा १, रैनादेवी छहरामा ३३,  रम्भा १, निस्दी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका उनले बताए। संक्रमित मध्य ९२ पुरुष र ५६ जना महिला छन्। 

संक्रमितमध्ये धेरै समुदायस्तरका रहेका पन्थीले बताए। केही भारतसहित तेस्रो मुलुकबाट फर्किएका छन्। 

यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या २ हजार ७७१ पुगेको छ। पुरुष १९११ र महिला ८६० जना रहेका छन्। जसमध्य ६३३ सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

५८० जना होम आइसोलेसनमा बसेका छन्। २०९५ जना निको भएर घर फर्किएका छन्। ४३ जनाको मृत्यु भएको छ।  

थप एक कोरोना संक्रमितको मृत्यु 

पाल्पामा बुधबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका ३ का ७८ वर्षीय पुरुष छन्। उनको यही २० गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। होम आइसोलेसनमा बसेका उनको आज मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.