|

चितवन : माडीमा कोरोना संक्रमित एक पुरुषले आत्महत्या गरेका छन्। 

कोरोना संक्रमित माडी नगरपालिका–३ इनारबरुवा बस्ने ३५ वर्षीय गोविन्द शाहले आफु सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

उनी वैशाख १५ गते भारतको विहारमा वैवाहिक कार्यक्रममा सहभागी भएर फर्किएको र वैशाख २२ गते उनमा संक्रमण पुष्टि भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज गिरीले बताए।

शाहले कोरोना परिक्षणका लागि वैशाख २१ गते बघौडा अस्पतालमा स्वाब दिएका थिए। कमजोर आत्मबलका कारण संक्रमितले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.