|

मकवानपुर : मकवानपुरमा आज (आइतबार) थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार १९७ जनाको स्वाब परीक्षण गर्दा ८० जना पुरुष र ५४ जना महिलामा कोरोना पुष्टि भएको हो।

कोरोना हुनेमा मकवानपुर जिल्लाको १२८ जना छन् भने मकवानपुर जिल्ला बाहिरका ६ जना रहेका छन्। हेटौंडा उपमहानगरपालिकाका मात्र १२३ जना छन्। 
मकवानपुरको भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिकाका एक जना, राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन्। 

हेटौंडा उपमहानगरपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.