|

काठमाडौं : संबैधानिक परिषदले संबैधानिक आयोगहरुमा रिक्त सबै पदहरुमा नियुक्तिका लागि सिफारिश गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बैठकले अखितयार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको आयुक्त पदहरुमा डाक्टर हरि पौडेल–बाग्लुङ र डाक्टर सुमित्रा श्रेष्ठ व्यांजु– ललितपुरलाई नियुक्त गर्न सिफरिश गरेको हो।

संबैधानिक परिषदका सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाका अनुसार संबैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा झापाका माधब रेग्मी र सदस्यहरुमा कपिलबस्तुका माधब बेल्वासे, इलामका वीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीका मञ्जु कुमारीलाई सिफारिश गरेको छ।

यसैगरी, निर्वाचन आयोगमा रुपन्देहीका सगुन शमसेर जबरा, प्राकृतिक स्रोत तथा बित्त आयोगमा पाँचथरका बिपिनराज निरौला र धनुषाका सुधा कुमारी झालाई संबैधानिक परिषदले नियुक्तिका लागि सिफारिश गरेको छ।

त्यस्तै, राष्ट्रिय महिला आयोगमा रिक्त सदस्य पदमा धनुषाका जया घिमिरे र पर्वतका साबित्रा कुमारी तिवारीलाई सिफारिश गरिएको छ।

यसैगरी संबैधानिक परिषदले दलित आयोगमा काठमाण्डौका सुन्दर पुर्कोटी, राष्ट्रिय समाबेशी आयोगको अध्यक्षमा कास्की डाक्टर रामकृष्ण तिम्लिसिना तथा सदस्यहरुमा पर्वतका पुष्पराज तिम्लिसिना र बझाङका मानप्रसाद खत्रीलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ।

त्यस्तै,आदिबासी जनजाति आयोगमा खोटाङका सूर्यबहादुर गुरुङ, मधेसी आयोगमा सप्तरीका आभा कुमारी, थारु आयोगमा नवलपरासी पश्चिमका उमाशंकर चौधरी र मुस्लिम आयोगमा सर्लाहीका मोहम्मद समसुल हकलाई नियुक्तिका लागि संबैधानिक परिषदले सिफारिश गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.