|

काठमाडौं :  जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलले अक्सिजन सकिएपछि कोरोना संक्रमितलाइ डिस्चार्ज गर्ने भएको छ। 

स्थानीय तहसँग कुनै समन्वय नगरी अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित विरामीलाई अक्सिजनको अभाव देखाउँदै मंगलबार साझ चार बजेदेखि डिस्चार्ज गर्ने जनाएको हो।

अस्पतालले आज एक सूचना जारी गरेर चार बजे अगावै विरामीको व्यवस्थापन गर्न समेत विरामी पक्षलाई जानकारी गराएको छ। 

‘अन्यत्रबाटसमेत अक्सिजन उपलब्ध हुन नसकेको हुँदा अस्पतालमा भएको अक्सिजनले आज २८ गते साझ चार बजेसम्मलाई मात्र पुग्ने भएकोले यसबाट बिरामीको स्वास्थ्य अवस्थामा गम्भिर समस्या उत्पन्न हुनसक्ने देखिएको हुँदा सो अगावै आ आफ्नो व्यवस्था गर्न हुन सम्बन्धित सबै बिरामी पक्षलाई सूचित गरिन्छ,’सूचनामा भनिएको छ।

विरामीलाई डिस्चार्ज गर्न लागिएकोबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गोकर्णेश्वर नगरपालिका,महानगरीय प्रहरी वृत्त बौद्धलाई जानकारी गराइसकेको अस्पतालले जनाएको छ।

तर, बिरामी डिस्चार्ज गर्ने भन्नेबारे केही जानकारी नआएको नगरपालिका स्वास्थ्य तथा वातावरण शाखा प्रमुख हरिप्रसाद उपाध्यायले बताए। उनले भने,‘अक्सिजन अभाव भएको भनी फोनमा जानकारी आएको थियो,तर डिस्चार्ज गर्ने भन्नेबारे हामीकहाँ जानकारी आएको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.