काठमाडौं : चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ।
नेपाल वायु सेवा निगमको वाइडबडी विमानले मंगलबार दिउँसो सामग्री ल्याएको हो । स्वास्थ्य सामग्री लिन विमान सोमबार चीन गएको थियो।
चीनले दिने भनेको २० हजार थानमध्ये हाल तयार भएका ४ सय अक्सिजन सिलिन्डर लिएर आएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। नेपालमा अक्सिजन सिलिन्डरको अभावमा कोरोना संक्रमितकाे उपचारमा समस्या हुँदै आएको छ।
उनका अनुसार १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर लगायतका २६ टन सामाग्री ल्याइएको हो ।
उनले यसपछि पनि सामान तयार हुनासाथ तुरुन्त जान सकिने गरी निगमलाई तयारी अवस्थामा राखिने बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।