|

जनकपुरधाम : कोरोना भाइरस संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण रोजीरोटी गुमाउनेका लागि महोत्तरीको बर्दिबासमा फुड बैंक संचालन गरिएको छ।

निषेधाज्ञाले बेरोजगार बनेका मजदुर तथा असहाय, २४ सै घण्टा सुरक्षामा खटिएका सुरक्षाकर्मी, पैदलयात्री, गरिवहरुलाई दैनिक खाजा र खाना वितरण गरिने फुड बैंक ब्यबस्थापन उप–समितिका अध्यक्ष सुदिप कार्कीले जनाए।

‘मानवता देखाउने समय आएको छ, हुनेले दिनुस्, नहुने लिनुस्’ भन्ने नाराका साथ बर्दिबास कोभिड–१९ व्यवस्थान समितिले फुड बैंक मार्फत राहत वितरण गर्न थालेको हो। सुरक्षाकर्मीहरुलाई खाजा वितरण गर्दै बर्दिबास कोभिड–१९ व्यवस्थान समितिका संयोजक तथा प्रदेश सभा सदस्य सारदा थापाले फुड बैंक मार्फत गरिव तथा विपन्न नागरिकलाई थोरै भएपनि सहयोग पुग्ने बताइन्।

कोरोना महामारी नियन्त्रणमा सक्रिय स्वाथ्यकर्मीलाई खाना, अस्पताल नजिकै बस्न बासको व्यवस्थापन, जीवन बीमा, र अतिरिक्त भत्ता उपलब्ध गराउन बर्दिवास नगरपालिकासँग आग्रह गरेकी छिन्। कोरोना पीडितलाई निःशुल्क एम्बुलेन्स तथा अक्सिजन सहयोग पनि गरिरहेको समितिले जनाएको छ।

कोभिड–१९ व्यवस्थान समितिलाई राहत तथा कोरोना पीडितहरुको उद्धारका लागि विभिन्न संस्थाहरुले आर्थिक तथा जिन्सी सहयोग गरेका छन्। रोटरी क्लब बर्दिबासले दुई लाख ५६ हजार पाँच सय, महोत्तरी होटल तथा पर्यटन ब्यबसायी संघ, बर्दिबास सहकारी संजाल र बर्दिबास हेल्प फाउन्डेसनले ढेड–ढेड लाख सहयोग गरेका छन्।

बर्दिवास उद्योग बाणिज्य संघले खानाका लागि अभियान अवधिभर रासनको व्यवस्था गर्ने जनाएको छ। हेल्थ फाउन्डेसन महोत्तरी तथा स्वास्थ संजाल बर्दिबासले आवश्यक स्वास्थ्य सामग्री तथा औषधि उपलब्ध गराउने अक्सिजन ग्यास ब्यबस्थापन उप–समिति संयोजक दिपक कार्कीले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.