|

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इजरायलको 'हात भाँचिदिने' चेतावनी दिएका छन्।

नमाज पढिरहँदा मस्जिद–ए–अक्साभित्र छिरेर प्यालेस्टाइनीहरूलाई आक्रमण गरेपछि अहिले इजरायल र गाजाबीच लडाइँ छेडिएको छ। इजरायलले मानवीय हताहती हुनेगरी अन्धाधुन्ध हमला गरेपछि अर्दोआनले यस्तो चेतावनी दिएका हुन्। 

इजरायलविरुद्ध विश्वका सबै देशले कडा रवैया अपनाउनुपर्ने भन्दै उनले अरूहरू मौन रहेपनि टर्कीले आवाज उठाइरहने बताएका छन्। 

अर्दोआनले प्यालेस्टाइनीको पक्ष र इजरायलको विपक्षमा उभिन विश्वभरका नेतासँग बातचित गरिरहेका छन्। 

यसअघि मलेसियाका पूर्व–प्रधानमन्त्री डा। मोहम्मद महाथिरले इजरायलविरुद्ध सबै मुस्लिम देशहरूलाई एकतावद्ध हुन आग्रह गरेका थिए। 

इस्लामिक देशहरूको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन (ओआइसी) ले पनि इजरायल–गाजा हिंसाबारे छलफल गर्न आज बस्नेगरी आपतकालीन बैठक डाकेको छ। 

आजै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक पनि यही विषयमा केन्द्रित हुनेगरी बस्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.