|

काठमाडौं : त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ।

नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदि फाउन्डेशनको सक्रियतामा कोरोना सङ्क्रमितलाई निःशुल्क खाना खुवाइएको हो। 

विपद्को समयमा कोरोना सङ्क्रमित भएर अस्पताल बसेका बिरामीलाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले विगत चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामीलाई खानाको व्यवस्था गरिएको कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए।  

यस्तै सोही संस्थाको सहयोगमा नुवाकोटको त्रिशूली अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमित बिरामीलाई पनि आजदेखि निःशुल्क खानाको व्यवस्था गरिएको छ।

सभापति केसीले सम्बन्धित अस्पतालका चमेनागृहले कोरोना सङ्क्रमित बिरामीलाई खाना खुवाउने र खाना खुवाउँदा लाग्ने आवश्यक खर्च नुवाकोट कांग्रेस, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदि फाउन्डेशनले व्यहोर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.