|

पर्सा : कोरोना महामारीको विपतमा कालोबजारी गरी तोकिएभन्दा बढी भाडा लिने दुई वटा एम्बुलेन्स चालकसहितलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

ना३च ८१९९ र ना २ च ३२५६ नम्बरका दुई एम्बुलेन्स चालकहरू बहुदरमाई नगरपालिका-९ विश्रामपुरका कमरुद्दिन राय र विन्दवासिनी गाउँपालिका-१ का वीरबल मुखियालाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

उनीहरूलाई वीरगन्ज-१५ मा रहेको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल अगाडि एम्बुलेन्स पार्किङ गरिराखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

चालकहरूले वीरगन्जबाट काठमाडाैंसम्म लगेको भाडा ४० हजारसम्म लिएको प्रहरीको आरोप छ। पर्साकै गाउँबाट ३ हजार ५ सय लाग्ने ठाउँमा उनीहरूले ७ हजार रुपैयाँभन्दा बढी लिने गरेको सूचना आएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूला कालोबजारी ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही बढाइएको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.