|

पवनकुमार भट्ट

सरकारले जनता बनाएको हैन जनताले सरकार बनाएका हुन। जनता भएको कुरा नेपालको संविधानको धारा २ ले सार्वभौमसत्ता जनतामा निहित हुने भन्ने वाक्यांशले प्रष्ट पार्दछ। 

मान्छे समय परिस्थिति र सन्दर्भअनुसार आत्तिने मात्तिने, ज्ञानी भलाद्मी उग्र अपराधी, गुण्डा, राक्षस वा भगवान सबै थोक बन्न सक्छ।

जसको उदाहरणको रुपमा प्रधानमन्त्रीले नेपालको ४२औं प्रधानमन्त्रीको सपथ खाने बेलाको व्यवहारलाई लिन सकिन्छ। जुन शब्द उहाँ आफूले सपथ खाँदा त्यो पर्दैन भन्नुभो र महामहिम राष्ट्रपति खित्त हाँस्नु भो तर मन्त्रीलाई सपथ खुवाउँदा प्रधानमन्त्रीले सोहि शब्द उच्चारण गराउनु भो। कानुनी राज्य विधिको शासन कागजमा कि व्यवहारमा ?

कसैलाई सबैभन्दा बढी माया के को लाग्छ भनेर सोध्यो भने भर्खर प्रेम परेकाले प्रेमी प्रेमीकाको भने पनि अधिकांशले ज्यानको भन्छन। तर अहिले कोभिड १९ को माहामारीका कारण त्यै ज्यान जोगाउन सबैलाई धौधौ भई रहेको छ।

सावधानी अपनाउँदा अपनाउँदै पनि कतिबेला संक्रमणको चपेटामा परिने हो भन्ने डर सबैमा व्याप्त छ। केहि काम गर्न पनि कोरोनाले कहाँ कति बेला कसरी मरिने हो भन्ने डर आमनागरिकलाई छ। 

निषेधाज्ञाका कारण सर्वसाधारणको जीवनयापन कठिन वन्दै जानु र कोरोना नियन्त्रण तथा न्यूनिकरणका प्रयासहरु अपेक्षित रुपमा फलदायी बन्न नसक्नु सरकारको लागि चुनौतिको विषय बनेको छ। नागरिकहरु कोरोना रोगप्रति सजग र सचेत नहुदा संक्रमण फैलिन मद्धत पुगेको देखिन्छ।

घर परिवार आफन्त नातागोता इष्ट मित्रले मर्ने बेला भेटघाट गर्न पाउने हुन या होइनन्। मरे पछि पनि धार्मिक संस्कार अनुसार आफन्तले दाहसंस्कार गर्न नपाउने भए, आफन्तले चितामा दागबत्ती नदिदा स्वर्ग जाने बाटो नै रोकिने भो। विगतमा मरेर गएका आफन्तहरूसँग भेटघाट नहुने भो मर्ने बेलामा अर्ती उपदेश दिन र आफन्तको हातबाट अन्न पानी र पिण्ड समेत खान नपाइने भो भन्ने चिन्ताले कतिलाई निद्रा राम्रोसँग परेको छैन।

नेपालमा चैत महिनाको अन्तिम साताबाट कोभिड १९ का विमारीको संख्यामा बृद्धि हुदै गएको छ।

कोरोनाबाट बच्नका लागि मास्क, सेनिटाइजर, साबुन पानीको प्रयोग र भौतिक दुरि कायम गर्ने नै अचुक औषधि भनिए पनि यसको प्रयोग गर्न खै किन हो सर्वसाधारण देखि उच्चपदस्थ कर्मचारीलाई गाह्रो नै परेको देखिन्छ। सुरुमा मास्क लगाउँदा अनौठो महसुस हुनु, पसिना आउनु, श्वास लिन र फाल्न फेर्न गारो हुनु र तुनाले कान दुख्ने समस्या सबैमा देखिएको हो। दुई चार दिन लगाउदै गएपछि ठिक हुदै जान्छ बुझियो अब।

बजारमा मास्क पनि थरी थरीका छन। बेला बेलामा स्थानीय तह, संघ सस्थाले ५० वटा १०० वटा १० रुपैया पर्ने मास्क बाँडे भनेर पत्रिका तथा सामाजिक संजालमा पनि पढन र तस्बिरमा देख्न पाइयो। १० रुपैया देखि २०० हुदै ५०० सय रुपैया सम्मका मास्क बजारमा छ्याप छ्यापति भेटिन्छन्। मास्क किन्न नसक्ने नेपाली कमै होलान्। छन भने पनि मास्क बाँड्ने स्थानीय तह, संघ संस्थाको ध्यान त्यतातिर पुग्न सके राम्रो हुन्थ्यो।

जनचेतना भन्ने कुरा यती महत्वपूर्ण र मार्मिक छ यसलाई ब्याख्या गराइमा लेखाइमा भन्दा पनि प्रयोग गराइमा भर पर्दछ। परिवारमा सबै पढेलेखेका छन जागिरे छन तर मास्कको प्रयोग गर्दैनन्, बजार तथा कार्यालयमा भौतिक दुरि कायम गर्दैनन्।

घर पस्ने बित्तिकै अन्य सामान तथा परिवारका सदस्यलाई भेट्नु भन्दा पहिले साबुन पानीले हातसम्म धुँदैनन्। घरको फोहोर सार्बजनिक स्थल वा बाटोघाटो वा खोला नालामा लगेर फाल्छन्। घरमा मानव अधिकारमैत्री वातावरण कायम गर्दैनन्। कतिपय घरमा बालबालिका, जेष्ठ नागरिक महिला पीडित छन। तर सबै उच्च शिक्षा हासिल गरेका र नेपाल सरकारका जागिरे छन भने त्यो परिवारमा भएको वातावरण र काम गराइले जनचेतना छ भनेर भन्न सकिन्न।

चेतना नियम कानुन बनाएर वा पढाएर सिकाएर मात्र आउदैन यो त व्यक्ति गाउँ समाजमा घर परिवार राष्ट्रको गतिविधिका आधारमा व्यक्तिले सिक्दै जाने हो। नियम कानुन एकातिर व्यवहार अर्कोतिर गर्दै गए गरेका कामहरूले कलिला अबोध बालबालिकामा नकारात्मक प्रभाव पर्दछ।

अहिले पनि कोरोना पोजेटिभ भएको ब्यक्ति घरमा आईसोलेसनमा बस्नुको सट्टा बिना मास्क मर्निङ्वाक जाने, उतैबाट तरकारी किन्ने, बजारबाट अन्य सरसामान किनेर ल्याउने र बाटोमा हिड्दा भौतिक दुरि कायम नगर्ने गरेका कारण संक्रमण बढ्दो क्रममा छ।

कोरोना  नियन्त्रण तथा रोकथामको लागि सरकारले विभिन्न नीतिगत प्रयासहरु गरिरहेको अवस्था भएपनि दिनानुदिन संक्रमणको दर बढ्नुले रोगको पहिचान, उपचार, न्यूनिकरण र रोकथाममा अपेक्षित सुधार हुन सकेको छैन।

निषेधाज्ञाका कारण सर्वसाधारणको जीवनयापन कठिन बन्दै जानु र कोरोना नियन्त्रण तथा न्यूनिकरणका प्रयासहरु अपेक्षित रुपमा फलदायी बन्न नसक्नु सरकारको लागि चुनौतीको विषय बनेको छ। नागरिकहरु कोरोना रोगप्रति सजग र सचेत नहुदा संक्रमण फैलिन मद्दत पुगेको देखिन्छ।

स्थानीय निकाय र तहले थालेको  निषेधाज्ञाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा  आम नागरिकको जनजीवनमा  प्रभाव पारिरहेको छ। लकडाउनमा कडिकडाउ गर्दा बजार क्षेत्रमा मानिसको आवतजात र भिडभाड घटेको, पसल तथा होटेल रेस्टुरेन्ट बन्द भएको, स्थानीय यातायात ठप्प भएको छ।

टयाक्सी तथा अटो रिक्सा फाटफुट रुपमा चलेका छन्। तर मास्क तथा सेनिटाइजरको प्रयोग नगरिएको जस्ता कारणले कतै हामी हाम्रो जीवन प्रति खेलबाड गर्दै कोरोना घर परिवारमा भित्र्याई रहेका त छैनौ ? यसबाट कोरोना संक्रमण फैलनसक्ने जोखिम बढेर गएको छ।

सामाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोगलाई कडाईका साथ लागु गर्ने, साबुन पानीले हात धुने वा सेनीटाइजर प्रयोग गर्ने जस्ता सावधानीबाट बच्न सकिने कुरामा स्थानीय तहले झक्झक्याउनुपर्ने देखिन्छ।  सरोकारवाला निकायहरूबाट अनुगमन गर्नुपर्ने र नागरिक सचेतना गर्नुपर्ने अति आवश्यक छ।  त्यसकालागि सबै ब्यक्ति घर परिवार गाउँ समाजले आ आफनो तर्फबाट कर्तब्य निर्वाह गर्नु जरुरी छ।

हामी सबैले असल नागरिकको कर्तब्य निर्वाह गरी सामाजिक दुरी, मास्कको उचित प्रयोग तथा आवत जावतका क्रममा भीडभाड गरेनौं भने निषेधाज्ञा नलाए पनि महान जनताले कोरोना दुई हप्तामा  नियन्त्रण गर्न सक्छन।  

प्रधानमन्त्रीज्यूले सपथ के खानु भएको थियो राष्ट्रिय अन्तराष्ट्रिय सम्मेलन गर्ने हलको उद्घाटन गर्न दौडिनु भयो। अक्सिजन तथा ओखती नपाए जनता मरिरहेका बेला धनी भनाउँदा मुलुकबाट रेमडिसिभिर, भ्याक्सिन तथा अक्सिजन सिलिन्डरका लागि फोनवार्ता वा पत्राचार गरेको भए पो सरकार जनताप्रति कति चिन्तित छ भन्ने कुरा आम नागरिकले महशुस गर्न पाउँथे।

स्थानी तहले संघ संस्था तथा स्थानीय निकायसँग समन्वय सहकार्य गरी कोरोना नियन्त्रण तथा रोकथाममा लागि क्वारेन्टाइनहरु निर्माण गरिएका छन। तर ती क्वारेन्टाइनहरु तोकिएको मापदण्डमा संचालन हुन सकिरहेका छैनन्।

क्वारेन्टाइनबाट भाग्ने, हिंसामा पर्ने जोखिम, संक्रमित नभएकाहरूमा संक्रमण हुन सक्ने तथा बलात्कृत समेत भएका घटना छन। गर्भवती, सुत्केरी, अपांगता भएका ब्यक्ति, जेष्ठ नागरिक, महिला पुरुष, बालबालिका आदिको संरक्षण र सुरक्षामा चुनौती हुने गरेको कुरा संचार माध्यममा बेलाबखत आइरहेका छन।

बारा पर्सा रौतहट रुपन्देही दाङ, बाँके सुर्खेत, कैलाली कन्चनपुर लगायतका  जिल्लाहरुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दो अवस्था देखिन्छ। सर्वसाधारण, पेशा ब्यवसायी, स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षाकर्मीसँगै सर्वसाधारणमा कोरोना फैलिएको छ।

गर्भवती महिलाहरु स्वास्थ्य परिक्षणको लागि नियमितरुपमा अस्पतालसम्म जान नसकेको,  गए पनि चेकजाँच नगरि दिएको, घर फर्कंदै गर्दा बाटोमा अटोमा, ठेला गाडामा असुरक्षित तवरले सुत्केरी हुनुपर्ने बाध्यात्मक अवस्था छ। जसका कारण आमा र बच्चा दुवै जोखिममा परेको छ।

 जेष्ठ नागरिकहरुको अस्पतालसम्म उपचारको लागि ल्याउन कठिनाइ भएको छ। दैनिक सेवन गर्नुपर्ने औषधीहरु सहज उपलब्ध हुन सकेको छैन। जताततै लगाइएको निषेधाज्ञाको कारण बजार र अस्पतालहरुमा समेत भिडभाड बढेको छ।  दैनिक ज्यालामा काम गर्ने मजदुर तथा मध्यम आय भएका व्यक्तिको जनजीवन कष्टकर बन्दै गएको  छ।

हाम्रो देशमा राजनीतिले जति चर्चा पाइरहन्छ त्यति चर्चा अन्य कुनै कुराले पाउँदैन। खेतबारी देखि चुलाचौका, कार्की ब्याङ्केट देखि सोल्टिनीको भिट्टी पसल, कोटेश्वर देखि बालुवाटार सम्म जहिंतही यसैको चर्चा हुन्छ। तर दिनमा २६५ जनाको ज्यान गएको नौ हजार संक्रमित भएको ३७५ भ्यान्टिलेटरमा र हजार जना आईसीयूमा रहेको सबैलाई सामान्य जस्तै लाग्छ।

प्रधानमन्त्रीज्यूले सपथ के खानु भएको थियो राष्ट्रिय अन्तराष्ट्रिय सम्मेलन गर्ने हलको उद्घाटन गर्न दौडिनु भयो। अक्सिजन तथा ओखती नपाए जनता मरिरहेका बेला धनी भनाउँदा मुलुकबाट रेमडिसिभिर, भ्याक्सिन तथा अक्सिजन सिलिन्डरका लागि फोनवार्ता वा पत्राचार गरेको भए पो सरकार जनताप्रति कति चिन्तित छ भन्ने कुरा आम नागरिकले महशुस गर्न पाउँथे।

कोरोना रोकथाम, नियन्त्रण तथा न्यूनीकरणमा सरकारबाट गरिएका हालसम्मका प्रयासहरूको समीक्षा गर्दा केही सकारात्मक हुँदाहुँदै पनि सरकारले यथेष्ट ध्यान पुर्याउन  नसकेको प्रष्ट देखिन्छ।

उपचार, विपद व्यवस्थापन, उद्दार, राहत का लागि वर्तमान अवस्थामा जति काम गरेपनि सरकारले आमनागरिकको घाउमा मलमपट्टि लाउन सकेको छैन। बिमारी बेड खोज्दाखोज्दै मर्न बिबस छन। यदाकदा बेड पाइयो भने बिरामीका आफन्तले अक्सिजन खोज्दै दौडनु पर्ने !

हामी सबैको साथ सहयोग समन्वय र सहकार्यले कोराना कहरबाट आफु मात्र हैन अरुलाई पनि बचाउन सक्छौ। यसैमा घर परिवार गाउँ समाज स्थानीय तह, नेपाल सरकार सबैको भलो देखिन्छ। कोरोना नियन्त्रण सरकारले हैन आम जनताले गर्न सक्छन्।

धन्य ओली सरकार सजिलोका बेला सिलिन्डर जत्रतत्र अप्ठ्यारोको बेला बिमारी कोमामा, बाहिर निषेधाज्ञा, सवारीसाधन भए पनि सवारी पास खोज्दा खोज्दै कतिपय मान्छेको ज्यान गएको छ। अस्पतालमा अक्सिजन छैन भने किन बिरामीको भर्ना गर्नु पर्यो त यो सरासर हत्या नै हो। यसको जिम्मेवारी सरकारले लिनु पर्छ। अस्पताल भर्ना भएर अक्सिजनको अभावमा मरेका जतिको जिम्मा सरकारले किन नलिने ?

अक्सिजन अभाव हुनु जनताको समस्या हैन त्यो सरकारको समस्या हो। अस्पताल सरकारले चलाएका कारण त्यसको जिम्मा सरकारले लिनु पर्छ। जनता सरकारले हामीलाई बचाउन हैन मार्नका लागि अस्पताल खोलेका रहेछन् भन्दैछन्।

वर्तमान परिवर्तित सन्दर्भमा संक्रमण झनै बढ्दै जाँदा थप सतर्कता अपनाउनु पर्नेमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण आजको टडकारो आवश्यकता रहेको छ। तीनै तहका सरकारको मुख ताकेर जनता अझ पनि असल नागरिकको कर्तब्य निर्वाह गर्दैनन् भने अस्पतालमा हैन घरघरमा कोरोनाका बिमारी राख्ने ठाउँको अभाव भोलिका दिनमा नहोला भन्न सकिन्न।

लकडाउनको अवधिमा बिष सेवन, मानसिक सन्तुलन गुमाउने, महिला हिंसा, बलात्कार,  तथा आत्महत्याका घटनामा बढोत्तरी भएको छ। यी सवालहरूलाई सम्बोधन गर्न, संक्रमित र परिवारलाई मनोसामाजिक परामर्शको समेत आवश्यकता रहेको छ।

लम्बिँदो निषेधाज्ञाका कारण विद्यालयहरु बन्द भइरहेकोले बालबालिकाहरु इन्टरनेटको गलत प्रयोगमा फस्न सक्ने अवस्था बढ्दै गएको छ। लामो समयसम्म अनलाइनबाट संचालित कक्षाहरूमा संलग्न हुँदा तिनीहरुको स्वास्थ्यमा समस्या देखापर्ने गरेको छ। कुल विद्यार्थीको जम्मा २० प्रतिशत बालबालिकाले मात्रै अनलाईन कक्षामा भाग लिएको तथ्याङ्कहरु आइरहेका छन्।

बालबालिकाहरु घर कोठाको चौघेरा भित्रै थुनिनु पर्ने अवस्थाले खेल्ने, मनोरञ्जन गर्ने र खुला प्राकृतिक वातावरणमा रम्न र बस्न नपाएको अवस्था छ। जसले विभिन्न मनोसामाजिक असरहरू पर्न सक्ने सम्भावना बढदै गएको यस परिवेशमा अझै केहिदिन सबैजना घरमा बस्न सक्यौ।

हामी सबैको साथ सहयोग समन्वय र सहकार्यले कोराना कहरबाट आफु मात्र हैन अरुलाई पनि बचाउन सक्छौ। यसैमा घर परिवार गाउँ समाज स्थानीय तह, नेपाल सरकार सबैको भलो देखिन्छ। कोरोना नियन्त्रण सरकारले हैन आम जनताले गर्न सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.