|

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीलाई मातृशोक परेको छ।

अधिकारीकी आमा ८२ वर्षीय नर्वदा अधिकारीको मंगलबार साँझ आफ्नै निवास दमक ८ मा निधन भएको हो।  अधिकारीलाई उच्च रक्तचाप र यूरिनको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ। 

स्वर्गीय अधिकारीको आज विहान ११ बजे झापाको कन्काई आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। अधिकारीका चार छोरा मध्ये डाक्टर भेषराज माइलो र गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि साहिलो छ‍ोरा हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.