|

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्। पुरानै मन्त्रीहरुलाई निरन्तरता दिँदै बुधबार मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

आज अपराह्न ३ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले निवासमा नवनियुक्त चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।

यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, पर्यटन वन तथा वातावरण) नै मुख्यमन्त्रीले निरन्तरता दिएका छन्। स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्रीमा दोहोरिएका छन्।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ बनेका छन् भने रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालको मन्त्रालय तोकिएको छैन। युवा तथा खेलकुदमन्त्रीमा नियुक्त राजीव गुरुङ भने शपथमा सहभागी भएनन्। उनी काठमाडौँ रहेकाले शपथमा सहभागी नभएका हुन्। मुख्यमन्त्री गुरुङले बाँकी दुई मन्त्रालय भने आफैँसँग राखेका छन्।

प्रदेश प्रमुख पौडेलले गत वैशाख २९ गते संविधानको धारा १६८ को उपधारा ९३० अनुसार ठूलो दलको हैसियतले गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।  

गत वैशाख २६ गते गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको १६८ ९२० अनुसार ३ दिनभित्र बहुमतको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गर्न आह्वान गरेकी थिइन्।

तर, प्रदेश प्रमुखले दिएको समयभित्र कसैले पनि ३१ सांसदको हस्ताक्षर बुझाउन नसकेपछि ठूलो दलको हैसियतले गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।  उनले आगामी जेठ २९ सम्म विश्वासको मत लिनुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.