|

बाँके : कोरोना संक्रमणबाट बाँकेको विभिन्न अस्ताललमा उपचाररत थप आठजनाको मृत्यु भएको छ। पछिल्लो १२ घण्टामा भेरी अस्पतालमा चार र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा चारजना संक्रमितको मृत्यु भएको हो।  मृत्यु हुनेमा बाँकेका तीन, दाङका दुई तथा बर्दिया, कैलाली र कञ्चनपुरका एक एकजना रहेका छन्।
 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा  उपचाररत बाँकेको कोहलपुर–१० की ४४ वर्षीया महिला, नेपालगन्ज ६ का ५० वर्षीय पुरुष, दाङको तुलसीपुर–१० का ५२ वर्षीय पुरुष, र बर्दियाको मधुवन–७ का ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँकेको कोहलपुर–६ की ५२ वर्षीया महिला, कञ्चनपुरको भिमदत्त–२का ५४ वर्षीय पुरुष, कैलालीको जोशीपुर–१ का ५० वर्षीय पुरुष र दाङको लमही–२ की ६८ वर्षीया महिलाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट बाँकेका २७२ जनाको मृत्यु भएको छ। बाहिरी जिल्लाबाट यहाँ रहेका अस्पतालमा उपचारका क्रममा २२७ जनाको मृत्यु भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.