|

काठमाडौं : नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ। सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो। 

सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको करिब एक महिनाअघिदेखि उपचाररत थिए। केसी कोरोनबाट ज्यान गुमाउने नेपाली सेनाका उच्च अधिकारी हुन्। केसीको निधनमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक इमान्दार र विशिष्ठ सैनिक अधिकृत गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन्। 

काठमाडौं न्यूरोडका स्थायी बासिन्दा केसीका श्रीमती र दुई छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.