|
अपी हिमाल र यार्पा पाइने पाटन।

दार्चुला : अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा संकलनका क्रममा मृत्यु भएको छ।

यार्सागुम्बा संकलन गर्न अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो।

गत वैशाखमै पाटन पुगेकी धामीमा पेट दुख्ने समस्या थियो। दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

मृतकको शवलाई आइतबार घर ल्याइएको छ। मृतकका दुई छाेरा र दुई छोरी छन्।

यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा संकलनका क्रममा हिउँ पहिराेमा पुरिएर मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.