|

  • मणिलाल विश्वकर्मा

लहान : नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत मलेठ गोलीकाण्डमा जिम्मेवार रहेको आरोप लगाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमालेका केन्द्रीय सदस्य एवम् सप्तरी इञ्चार्ज सुमन प्याकुरेलको घर घेराउ गरेका छन्। 

मलेठ गोलीकाण्डपछि जिल्लाबाहिरै रहेका प्याकुरेल राजविराज– ४ स्थित घर फर्किएको जानकारी पाएपछि मोर्चाका कार्यकर्ताले मंगलबार अपराह्न नारावाजीसहित घर घेरेका हुन्। मोर्चाका जिल्ला संयोजक दिनेस यादवका अनुसार जिल्ला निर्वाचन कार्यालय घेर्न पुगेका मोर्चा कार्यकर्ता प्याकुरेल फर्किएको जानकारी पाएलगत्तै उनको घरतर्फ मोडिएका थिए।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुराग द्विवेदीले प्याकुरेल घरमा नरहेको भन्दै मोर्चाका कार्यकर्तालाई फर्काए। त्यसपछि साँझ प्याकुरेलपत्नी ज्योतीलाई प्रहरीले सुरक्षा दिएर विराटनगर पठाएको छ। प्याकुरेलको घरमा पनि प्रहरी तैनाथ छ।

मलेठ गोलीकाण्डपश्चात मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुुक्त डा. अयोधी यादवको घर, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य कामानन्द देवको स्कूल, एमाले सांसद् रञ्जु झाको सम्पर्क कार्यालय र गाडी तोडफोड गर्नुका साथै जिल्ला सहसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • काठमाडौँमा बस्ने मधेसी दलका नेताका घर पनि घेरिएलान् ख्याल राखौँ ।