|

पर्वत : राष्ट्रिय जनमोर्चाको बागलुङबाट प्रदेश सांसद निर्वाचित कृष्ण थापाको सांसद पद गुमेको छ। जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले थापालाई सांसद नै नरहने गरी कारबाही गर्दै प्रदेश सभा सचिवालयलाई चिठी लेखेको हो।

सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद् सचिवालयलाई पत्र पठाएका थिए। संसद् सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ। पार्टीको ह्विप नै उल्लङ्घन गरेपछि बाध्य भएर उनलाई कारबाही गर्नु परेको जनमोर्चाले बताएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदा जनमोर्चा पनि कांग्रेससँग मिलेको थियो। तर, सांसद थापाले भने आफू कांग्रेससँग मिल्न नसक्ने भन्दै प्रस्तावमा हस्ताक्षर गर्न मानेका थिएनन्।

नयाँ मुख्यमन्त्री बन्न कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कृष्णचन्द्र नेपालीको पक्षमा थापा नआएपछि जनमोर्चाले यस अगाडि नै उनलाई पार्टीको केन्द्रीय सदस्यबाट सधैँका लागि र साधारण सदस्यबाट एक वर्षका लागि निष्कासन गरेको थियो।

विपक्षीको बहुमत नपुगेपछि गुरुङ नै पुनः मुख्यमन्त्री बनेका थिए। तर, उनले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार समय नजिकै आएको बेलामा गण्डकी प्रदेशसभामा सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय जनमोर्चा आफैँभित्रको विवादको कारण यहाँसम्मको अवस्थामा आएको हो।

तीनजना प्रदेशसभा सदस्य रहेको जनमोर्चाका दुई जना सांसद भने गुरुङ सरकारको विपक्षमा रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.