|

काठमाडौं : देशभर ३ हजार ३ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ८ हजार ५ सय ६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ८३ र ५ हजार ९ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका छन्।

यो अवधिमा ६१ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

काठमाडौंमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना गरी उपत्यकामा ५ सय ९८ जना संक्रमित थपिएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.