भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दाबी गरेका छन्।
खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो।
'एकैदिनमा सबैभन्दा धेरै खोप लगाएको कीर्तिमान अहिले भारतले बनाएको छ। कोरोना भाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,' प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्- 'खोप अभियानमा सक्रिय योगदान गर्नुभएका सबैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु भने खोप लगाउनुभएका सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।'
देशका प्रदेश तथा राज्यहरुमा एकैचोटि अहिले कोरोनाविरुद्ध खोप लगाउने अभियान चलिरहेको छ। त्यसैले पनि एकै दिन यति धेरै मानिसले खोप लगाउन पाएका हुन्।
हरेक १८ वर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्ध खोप निःशुल्क लगाउने नीति भारतले लिएको छ। १८ वर्षमा सबैलाई खोप लगाउने अभियान आजबाट सुरु भएको हो। यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।