|

काठमाडौं : कर्णाली प्रदेशका चार सांसदको थमौतीविरुद्ध नेकपा एमालेले दर्ता गराएको भ्याकेटमा आज सर्वोच्च अदालतमा आज  सुनुवाई हुँदैछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दर्ता भएको पुनरावलोकन (भ्याकेट)को सुनुवाइ न्याायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो। 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधव नेपाल पक्षका चार सांसदलाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरेको थियो। 
कारवाही विरुद्ध प्रदेश सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अम्मर बहादुर थापाले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले केन्द्रीय समितिले कारवाही गर्नुपर्नेमा दशौं महाधिवेशन आयोजक कमिटीबाट कारवाही गरिएको भन्दै अन्तरिम आदेशमार्फत् उनीहरुको पद थमौती गरिदिएको थियो। 
त्यहि अन्तरिम आदेशविरुद्ध एमालेका अध्यक्ष केपी शर्मा ओलीले  पुनरावलोकन निवेदन (भ्याकेट) दर्ता गराएका थिए। 

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसदमाथि एमालेले गरेको कारवाही बदर गरि पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो। 

अध्यक्ष ओलीले अन्तरिम आदेश खारेजीको मागसहितको निवेदनमा सर्वोच्चमा दिएका हुन्। 

अन्तरिम आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवं पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई नहुने ठहर गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.