बुझाए सामूहिक राजीनामा

|

काठमाडौं : सामूहिक राजीनामा दिएर प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारी पक्राउ परेका छन्। 

केन्द्रीय आयोजना कार्यन्वयन इकाइमा राजीनामा बुझाएर बिजुली बजार हुँदै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। झण्डै एक सय जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सेवाबाट हटाउन लागिएको भन्दै करारमा नियुक्त इन्जिनियर, सब इन्जिनियरलगायत प्राविधिक कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका तर्फबाट ३२ जिल्लामा कार्यरत कर्मचारीले सामूहिक राजीनामा बुझाएका हुन्। 

उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.