|

बर्दिया : बर्दियामा श्रीमतीको कुटपिटबाट श्रीमानको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ का लक्षीराम थारूलाई उनकै श्रीमतीले कुटपिट गरेकी थिइन्। 

श्रीमानले रक्सी खानका लागि १ सय रुपैयाँ मागेको विषयमा ३८ वर्षीया सीता थारू र उनका छोरा १८ वर्षीय आकाशसँग झगडा भएको थियो। श्रीमती छोराको कुटपिटबाट लक्षीराम घाइते भएका थिए।

उपचारका क्रममा लक्षिरामको ज्यान गएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ। 

कुटपिटबाट ज्यान गएको थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक राजन कुमार गौतमको कमाण्डमा खटिएको टोलीले श्रीमती र छोरालाई नियन्त्रणमा लिएको छ।

उनीहरूमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.