|

क्वालालाम्पुर: मलेसियास्थित नेपाली दूतावासले मलेसियामा अलपत्र परेका १६ नेपालीको उद्दार गरेको छ। 

दूतावासको पहलमा जेल सजाय भोगिसकेका र हवाइ टिकट अभावमा केन्द्रमा रहेका १६ नेपालीलाई नेपाल फर्किइएको हो। उनीहरुलाई जुलाई १४ र १९ मा गरि नेपाल एअरलाइन्सको विमानमार्फत फर्काइएको हो।

सेपाङस्थित केएलआईए डिपोर्टेसन क्याम्पमा रहेका उनीहरुलाई वैदेशिक रोजगार प्रवर्धन बोर्डको आर्थिक सहयोगमा उद्धार गरि फर्काइएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

उद्धार हुनेमा बालकृष्ण गौतम(कञ्चनपुर), गंगादत्त जैसी(कञ्चनपुर), सुरेश तामाङ(कास्की), अनिता समाल(इलाम), तोया बहादुर कुँवर क्षेत्री(गुल्मी), कमरा पुन मगर(रुकुम), प्रताप थापा(पाँचथर), रामदयाल यादव(सिरहा), किरण गोपाली(मकवानपुर), सन्तोष कुमार यादव(धनुषा), गंगाराम रिमाल(इलाम), युवराज अधिकारी(रुपन्देही), कृष्ण बहादुर कुमाल(पाल्पा), सम्शेर बहादुर जिसी(रुपन्देही), गणेश दाहाल(भोजपुर) र तिल विक्रम नेम्वाङ(झापा) रहेका छन्।

दूतावासका अनुसार हालसम्म सरकारी र गैरसरकारी संघसंस्थाहरुको सहयोगमा नि:शुल्क हवाई टिकटको व्यवस्था मिलाई ६ सय १२ जना नेपालीको उद्धार गरिसकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.