|
प्रतीकात्मक तस्बिर

सप्तरी : अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा अग्निसाइर–१ की २२ वर्षीया महाकुमारी साह रहेको प्रहरीले जनाएको छ।

बहिनी आशाकुमारीसँग बाँसको तामा काट्न जंगल गएर फर्किने क्रममा सोमबार साँझ खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो। इलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर तल उनको शव भेटिएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.